नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्: सांसद लिङदेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

बुधबार बसेको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गरेका हुन् । यो राज्य विरुद्धकै अपराध भएको भन्दै उनले यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए ।

- Advertisement -
Ad imageAd image

उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।

प्रहरी अनुसन्धानबारे अनेक आशङ्का आएको र शीर्ष नेताहरूको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘शीर्ष नेताहरू, सरकारको गलत मनसाय छैन प्रस्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसद्लाई जनकारी गराउनुपर्‍यो भनेर माग राख्न चाहन्छौँ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्