नक्कली शरणार्थी प्रकरण: कांग्रेस नेता बालकृष्ण खाँण र निजी सचिव केसी पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका हुन् । उनीसँगै तत्कालीन स्वकीय सचिव (निजी) नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

- Advertisement -
Ad imageAd image

खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्