स्थानीयले प्रहरीलाई ढुङ्गामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो ।

पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा–५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिएका छन् ।

- Advertisement -
Ad imageAd image

लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्