भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप हुँदा ५४ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

भारत – भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको संख्या शनिबार ५४ पुगेको छ ।

जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।

अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागु गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् ।

भारतका कानुनमन्त्री किरेन रिजिजुले शनिबार पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन् ।

इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ । छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array