सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना अपडेट: एक जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सङ्खुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उपचारका लागि काठमाडौँ लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः सङ्खुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो ।

- Advertisement -
Ad imageAd image

गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ ।

क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्