काठमाडौं– बुद्ध जयन्तीको अवसरमा गायक तिलकसिंह पेलाको आधुनिक गीत आज साझ ६ बजे सार्वजनिक हुने भएको छ । आफ्नै युट्युव च्यानलमार्फत ‘हेर दिन ढल्यो बोलको’ आधुनिक गीत सार्वजानीक गर्न लागेका हुन् । अहिले भने पोष्टकारमात्र सार्वजनिक गरिएको छ । गजलकार कृष्णसिहं पेलाको शब्द रचनामा रहेको ‘हेर दिन ढल्यो’ बोलको गीतमा पेलाले स्वर दिएका छन् । साथै सङ्गीत पनि आफैले भरेका छन् । उक्त गजल गीतको व्यवस्थापन रिदम कँडेलले गरेका छन् भने रेकर्डिङ्ग रजय गुरुङ्गले गरेका हुन् ।
उक्त गीतको मिक्सिङ्ग महेश्वरमान राजभण्डारीले गरेका छन् । सारङ्गी धर्म गन्धर्व, तबला कुमार महाराज र बाँसुरी नगेन्द्र बिक्रम राईले गरेका छन् ।
‘के लत बस्यो’ बोलको गजल अति साधारण परिवेशमा प्रस्तुति दिएका पेलाले सबैको मन जित्न सफल भएका थिए । बैतडीका पेला २०५३ सालमा कहानी बनेन केही ‘आँसु–१’ र २०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्वम बजारमा ल्याएर चर्चामा आएका थिए। त्यसपछि गायन छोडर शास्त्रीय संगीतको साधनामा लागेका पेलाले २३ वर्षपछि ‘निर्जन किनार’ गिति एल्वम ल्याएका थिए। हाल पेलाले काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशाला स्थापना गरेर सङ्गीत सिकाइरहेका छन्।
पेलाको आधुनिक गीत ‘हेर दिन ढल्यो’ साझ ६ बजे सार्वजनिक हुने



प्रतिक्रिया दिनुहोस्