नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदिपकुमार रुङ्टा निलम्बन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल दाना उद्योग संघले प्रदिपकुमार रुङगटालाई उपाध्यक्ष पदबाट निलम्बन गरेको छ। संघको हिजो बसेको आकस्मिक बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

संघको वरिष्ठ उपाध्यक्ष शंकर प्रसाद कंडेलको घटनामा उपाध्यक्ष रुङगटालाई आत्महत्या दुरुत्साहनको आरोप लागेको र प्रहरीले अनुसन्धान समेत सुरु गरेका कारण अनुसन्धानलाई सहजिकरण गर्नका लागि पदबाट निलम्बन गरेको संघका अध्यक्ष रविन पुरीले बताए।

- Advertisement -
Ad imageAd image

उनका अनुसार रुङगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुदा सम्मको लागि निलम्बन गरेको हो।

कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए।परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको थियो।
केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर व्यवसायी रुङ्टालाई बेचेका थिए।सेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको खुलेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्