सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, कानुनमा धनराज गुरुङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ- मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।‍

- Advertisement -
Ad imageAd image

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्