आज नेप्से ९.१८ अंकले गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेप्से लगातार पाँचौ कारोबार दिन पनि घट्दा कारोबार रकम पनि घट्दै गएको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो ।

साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ । यस्तै आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छैन । १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उत्पादनमूलक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक १.४८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.२४ प्रतिशत र अन्य उपसूचक १.०५ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा स्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.६६ प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले वृद्धि भएको हो ।

यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ५.३५ प्रतिशतले गिरावट हुँदा सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ५.१९ प्रतिशतले गिरावट भएकमो छ । सूचीकृत कम्पनीमा सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array