पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा मुछिएपछि बाबुछोराविरूद्व नै पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूको खोजी सुरू गरेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, यही प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरूद्व पनि पक्राउ पुर्जी जारी भएको छ ।

आजै मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने तत्कालीन गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई मंगलबार पक्राउ परेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्