दार्चुला हिमपहिरो अपडेट: बेपत्ता पाँचको पहिचान खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – दार्चुलाको व्याँस गाउँपालिका–१, भोलुनमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।

हिमपहिरोमा परी मंगलबार दिउँसो पाँचजना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्तामध्ये तीनजना डोटी र दुई जना दार्चुलाका हुन् ।

बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२, बुडरकी ४५ वर्षीया नक्की डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी साम्मो थापा छन् ।

त्यसैगरी, दार्चुलाको दुँहु गाउँपालिका–४ की ३६ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर बेपत्ता भएको प्रहरीले जनाएका छ ।

बेपत्ता भएकाहरूको खोजी कार्यका लागि सशस्त्र र नेपाल प्रहरीको एक टोली मंगलबार नै त्यसतर्फ पुगिसकेको छ भने उद्धारका लागि अर्को टोली पनि पठाएको छ ।

१२ जनाको समूहमा यार्सा टिप्न पुगेकामध्ये पाँचजना बेपत्ता भएका हुन् । सकुशल रहेका सात जनामध्येका दार्चुलाका ललितसिंह विष्टले घटनाका बारेमा प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array