एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image

महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक -*हत्याका अभियुक्त हुन् ।

उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि भने उनी फरार छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्