एसिया कप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् ।

- Advertisement -
Ad imageAd image

प्रचण्डले ट्वीट गर्दै भनेका छन् , ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मंगलबार नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्