एसीसी प्रिमियर कप: युएईलाई ७ विकेटले हराउदै नेपाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।

अपराजित रूपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।

- Advertisement -
Ad imageAd image

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६र९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ‘ए’ मा तथा समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान हुनेछन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्