गण्डकीका मुख्यमन्त्री पाण्डेको शपथग्रहण, तीन सदस्यीय मन्त्रिमण्डल गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए । पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
मन्त्रिपरिषदमा कांग्रेसकी सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्