भृकुटीमण्डप खुला बजारमा पार्किङ लटसहितको मास्टर प्लान बन्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa
????????????????????????????????????

काठमाडौं– भृकुटीमण्डप संचालन कार्यालयले भृकुटीमण्डपमा रहेको खुला बजारको मास्टर प्लानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न ठेक्का आह्‍वान गरेको छ । साथै पार्किङ लटसहितको मास्टर प्लान बन्ने भएको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै भृकुटीमण्डपको खुला बजारको मास्टर प्लानको डीपीआर र पार्किङ लट निर्माण गर्न ठेक्का आह्‍वान गरेको बताइएको छ ।
उक्त सूचना अनुसार भृकुटीमण्डपमा रहेको खुला बजारको गुरुयोजना बनाइएको छ । जसको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न अनुमानित लागत ९ लाख ९३ हजार रुपैयाँ लाग्ने अनुमान छ। यसमा ठेक्का पाउने बोलपत्रदाताले भृकुटीमण्डप खुला बजारको डीपीआर तयार पार्ने काम गर्नुपर्ने हुन्छ।

गुरुयोजना अनुसार संरचना निर्माणका लागि ३१ रोपनी जग्गा छ। जसमा एक तले नयाँ ट्रस भवन निर्माण गर्ने योजना कार्यालयको छ। त्यही अनुसार डीपीआर तयार पार्न यो ठेक्का आह्‍वान गरिएको कार्यालयले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

यसैगरी, कार्यालयले भृकुटीमण्डपमा पार्किङ लट निर्माण गर्न पनि ठेक्का आह्‍वान गरेको छ। जसका लागि अनुमानित लागत ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ। यसका लागि ठेक्का पाउने निर्माण व्यवसायीले उक्त रकममा पार्किङ लट निर्माण गर्नुपर्ने हुन्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्