विद्यालयमा राजनीति गर्नु अपराध भएको भन्दै महानगरपालिकाले ताला फोड्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी)ले लगाएको ताला फोडेको छ । महानगरका अधिकारीले ताला फोडेका हुन् ।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ‘अमूक दलगत शैक्षिक संगठनको दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको’ बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको उल्लेख गरेका छन् ।
“विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,” उनले फेसबुकमा लेखेका छन्, “यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।”

विद्यालयमा राजनीतिक दलका भ्रातृसंगठनका कार्यक्रम नगर्न निर्देशन दिइएको विरोधमा बिहीबार विभागमा तालाबन्दी गरिएको थियो । बुधबार महानगरले नगरभित्र सञ्चालित विद्यालयहरूलाई राजनीतिक दलका भ्रातृसंगठनका कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array