बिहीबार सेयर बजार सामान्य अङ्कले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं– बिहीबार सेयर बजार २.२७ अङ्कले घटेको छ । बिहीबार प्रभावशाली वाणिज्य बैंकहरुको सेयर मूल्यमा अत्याधिक उतार चढाव देखिएको छ । प्रतिनिधि उपसूचक समेत १५ अंकले घटबढ भयो । ०.२४ अंक बढेर बन्द भएको छ। सँगै बैंकहरुको सेयर मूल्य पनि उल्लेख्य रुपमा घटबढ भयो। १२ वटा वाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ भने ६ वटा सेयर घटेका छन्। दुईवटाको मूल्य स्थिर छ।
आज बजार घटेपनि कारोबार निकै सुस्त छ। बिहीबार जम्मा ७३ करोड ९६ लाख रुपैयाँका सेयर किनबेच भए। कम कारोबारमा पनि एभरेष्ट बैंकको सेयरको कारोबार भने सबैभन्दा बढी भएको हो।

एभरेष्ट बैंकको मात्रै ३ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भयो। मूल्य भने ९.१० रुपैयाँ बढेको छ। तेस्रो त्रैमासमा सबैभन्दा फराकिलो दरले नाफा बढाएको एभरेष्ट बैंक थियो। नेप्से परिसूचक भने २.२७ अंकले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array