३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं–सरकारले पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई ३३ वटा को इजाजत पत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाएको छ । चैत मसान्तसम्म इजाजत पत्र नवीकरण गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
खारेज गरिएका निर्माण कम्पनीहरूमा ‘क’ र ‘ख’ वर्गका एक÷एक वटा र बाँकी ३१ वटा ‘ग’ वर्गका छन् । काठमाडौँ महानगरपालिका–२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर(सञ्चालक रहेको पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण कम्पनी हो ।
त्यस्तै चाल्नाखेलका राधाकृष्ण कार्की सञ्चालक रहेको टौदह कन्स्ट्रक्सन ‘ख’ वर्गको निर्माण कम्पनीको पनि इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array