समस्या लुकाएर वा पन्छाएर पार्टीको नवजीवन सम्भव छैन: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं– उपनिर्वाचनको नजितापछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी जीवनमा निर्मम समीक्षा आवश्यक रहेको र समस्या लुकाएर वा पन्छाएर नवजीवन सम्भव नरहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’

थापाले विगत लामो समयदेखि आफू पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको पनि स्पष्ट पारेका छन्। उनले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिँदै ‘सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन’ सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्