काठमाडौं–
बुधवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामन्तवादको भद्दा अवसानको रूपमा मिटरव्याजीको समस्या रहेको बताउँदै पीडितहरूलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले गाउँघरमा मिटरब्याजीबाट किसान, मजदुर पीडित रहेको र सहरमा अर्को रूपमा त्यसको समस्या रहेको बताउँदै त्यसको समाधानका लागि सरकार लागिरहेको बताए ।
उनले केही समय अघि आफूले स्वयं सर्लाही जिल्लामा मिटर ब्याज पीडितका लागि आन्दोलनको नेतृत्व गरेको स्मरण गरे । उनले पीडितलाई लिएर मिडियाका सम्पादकको ढोकामा पुगेको बताउँदै तत्कालीन गृहमन्त्री, प्रहरी प्रमुखलाई भेटेर सर्लाहीका केही मिटर ब्याज पीडितलाई न्याय दिन सकेको बताए । उनले देशव्यापी रूपमा यो समस्या रहेको बताउँदै समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।
उनले मिटर ब्याज पीडितलाई न्याय दिनका लागि कानुन संशोधनको प्रक्रिया छिट्टै संसद्मा अघि बढ्ने जानकारी गराए । मिटरब्याजीलाई ठगीको अर्को रूपमा परिभाषित गर्न केही द्विविधा रहेकोले मिटर ब्याजको स्पष्ट व्याख्या गरेर कानुन बनाउन मन्त्रिपरिषद्ले विधेयक पारित गरिएको जानकारी गराए । उनले मिटर ब्याजलाई अनुचित लेनदेनको विषयको रूपमा परिभाषित गरिएको जानकारी गराए ।
यसलाई मन्त्रिपरिषद् यसलाई अघि बढाउने र कसुर गर्नेलाई ७ वर्षसम्म कैद गर्ने भन्ने प्रस्ताव राखिएको पनि उनले जानकारी गराए । अनुचित लेनदेनका क्रममा ऋणीको अचल सम्पत्ति हस्तान्तरण भएमा त्यसलाई बदर गरिनेछ भन्ने व्यवस्था समेत राखिएको मन्त्री श्रेष्ठले जानकारी गराए ।
मिटर ब्याज पिडितको अचल सम्पत्ति हस्तान्तरण भएमा बदर गर्ने व्यवस्था गर्ने

प्रतिक्रिया दिनुहोस्