उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर: निर्वाचन आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं– वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर भएको छ ।निर्वाचन आयोगको जारी गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मत तनहुँ १ मा बदर भएको छ। यो क्षेत्रमा ६५ हजार ३१६ मत खसेको थियो । जसमध्ये ६४ हजार १३५ मत सदर र बाँकी १ हजार १८१ मत बदर भएको छ। यहाँ कूल मतदाता १ लाख २३ हजार ३०५ रहेका थिए।

यसैगरी, चितवन २ मा ७८ हजार ६६४ मत खसेको थियो। जसमध्ये ७७ हजार ४६६ मत सदर र १ हजार १९८ मत बदर भएको छ। उक्त बदर मत भनेको १।५२ प्रतिशत हो। यहाँ कुल मतदाता १ लाख २४ हजार ६९५ रहेका थिए।

यस्तै, बारा २ मा ६९ हजार २२ मत खसेको थियो। उक्त मतमध्ये ६८ हजार १९२ सदर र ८३० मत बदर भएको छ। उक्त बदर मत १।२० प्रतिशत हो। यहाँ कूल मतदाता १ लाख ५ हजार २४८ रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array