कृषिजन्य वस्तु बिक्रीका लागि परिचयपत्र अनिवार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्रीका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।

स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ”, उनले भने, “त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागु गरेका हौँ ।”
तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन् । किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् । परिचयपत्र नभएकालाई बिक्री गर्न दिइने छैन ।

- Advertisement -
Ad imageAd image

कृषिजन्य वस्तुको बिक्रीका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ । रासस

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्