उपनिर्वाचनः बारा–२ मा उपेन्द्र यादव निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं–बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा्र) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । उनी सता गठबन्धनका साझा उमेदवार हुन् । सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।

त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे ।
आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचन मंसिर ४ मा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव निर्वाचित भएका हुन् । पाँच महिनाअघि पराजित यादवको संसद् छिर्ने चाहनाले रामसहायलाई उपराष्ट्रपति बनाएका थिए । अहिले निर्वाचित भएसँगै उनको संसद् छिर्ने चाहना पूरा भएको छ ।

०६३÷०६४ पछि मधेस राजनीतिमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array