उपचुनाव: रवि लामिछाने भारी मतसहित विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभा उपचुनाव अन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । रविले ५४ हजार २७६ मत ल्याउन सफल भएका हुन् । लामिछानका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग ४३ हजार २५ मतान्तर ल्याएका छन् । श्रेष्ठले ११ हजार १५१ र एमालेका रामप्रसाद न्यौपाले १० हजार ९ सय ३५ मत प्राप्त गरे।
रविले मंसिर ४ को निर्वाचनमा भन्दा पनि धेरै मत पाएर चुनाव जितेका हुन्। मंसिर ४ मा रविले प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतले पराजित गरेका थिए।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे। २०७४ सालको निर्वाचनमा चितवन(२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: