रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताए । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने बताएको छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’ सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।
तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array