उपनिवार्चन: तनहुँ–१ बाट भारी मतसहित रास्वपाका वाग्ले निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित हुन सफल भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो ।
०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा आयोगको सदस्य बनेका थिए ।

वाग्लले अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले विश्व बैकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए ।

वाग्लेले पार्टी परिवर्तन गरी चुनाव लडेका हुन् । उनले गएको चैत १६ गते कांग्रेस परित्याग गरेका थिए । त्यसपछि रास्वपा प्रवेश गरी उमेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array