काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेको छ । टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो । संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।
१५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४ र ४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।
१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले रातोपाटीलाई बताए । विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिको नेतृत्व गर्ने छ ।
‘एमालेले एउटा संयुक्त र दुई वटा विषयगत गरी तीन वटा समितिको सभापति लिने भयो,’ उनले भने, ‘विपक्षीलाई पनि समिति बाढ्ने एउटा पद्धति विकास गरौं । एउटा लेखा पाउथ्यो नै अब दुई वटा पाउने भयो ।’
एमाले प्रमुख सचेतक गिरीका अनुसार संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ । १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टीआरसीको विषय टुंग्याउने सहमति भएको लेखकले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्