काठमाडौं– सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।
गिरीले नेकपा (एमाले) का ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसलगायतले विपक्षमा मतदान गरेका थिए । बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

प्रतिक्रिया दिनुहोस्