नेपाल समूह चरणको अन्तिम खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– मूलपानी क्रिकेट रंगशालामा हुने खेल टससमेत नभई रद्द भएपछि एसीसी प्रिमियर कपमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले सोमबार साउदी अरेबियासँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण नेपाल पाँच अंकसहित अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूहको शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अरुअंक जोडेको छ । त्यो दोस्रो स्थानको ओमानभन्दा एक अंक धेरै र तेस्रो स्थानको साउदीभन्दा दुई अंक धेरै रहेको छ । तालिकाको चौथो स्थानमा रहेको मलेसियाले तीन खेलबाट दुई अंक जोड्दा दुई खेल खेलेको कतार अंकविहीन हुन पुगेको छ ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्ने तालिका रहेको छ । उक्त खेलमा जित निकाले नेपाल समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्