चितवनमा मतगणना १ बजेदेखि सुरु गर्ने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– आज बिहान बसेको सर्वदलीय बैठकमा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।
मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बताइएको छ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको हो ।
मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: