उपनिर्वाचन: तनहुँ १ मा ९ हजार मत गन्दा वाग्लेको फराकिलो अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं–
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । करिब ९ हजार २ सय ५७ मत गन्दा वाग्लेले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २ हजार ६ सय ६९ मतले पछाडि पारेका छन् ।
वाग्लेले ५ हजार १९ मत ल्याउँदा भट्टराईले २ हजार ३ सय ५१ मत प्राप्त गरेका हुन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । तनहुँ १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो भने सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array