नेपाली बजारमा जार्बोट ब्रान्ड लन्च

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– विभिन्न प्रकारका न्यूरोलोजिकल डिसअर्डरमा प्रयोग हुँदै आएको बोटुलिनम टक्सिन अब नेपाली बजारमा जार्बोट ब्रान्डको नामले नेपालमा उपलब्ध रहेको छ । वैशाख ८ गते शुक्रबार बरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तको अध्यक्षतमा भएको मुभमेन्ट डिसअर्डर एण्ड न्यूरो रिह्याबीलिटिएसन कार्यक्रम मार्फत् जार्बोट ब्रान्ड लन्च गरेका थिए ।
अन्तराष्ट्रिय स्तिरको भारतीय औषधी कम्पनी गुफिक बायोसाइन्सेस लिमिटेड, मुम्बईले नेपालमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर आफ्नो उत्पादन नेपाली बजारमा बिक्री वितरणको सुरुवात गरेको हो । कार्यक्रममा बोल्दै बरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तले सर्जरी गर्न नचाहनेका लागि यो ब्रान्ड उपयोगी हुने बताए । गुफिक बायोसाइन्सेस लिमिटेडका मेडिकल डाइरेक्टर डा. राजेश लालचन्दानीले विश्वका अन्य मुलुकमा झैं नेपालमा समेत बोटुलिनमको प्रयोग बढ्दै जाने बताए। सो कार्यक्रममा डा.अभिनाश चन्द्रले बोटुलिनम टक्सिनको महत्व नेपाली जनतालाई सुसुचित गराउनुपर्नेमा जोड दिए ।
गुफिक बायोसाइन्सेसका नेपालका कन्ट्री मेनेजर दिपक भट्टाचार्यले जार्बोर्ट ब्रान्डको बोटुलिनम टक्सिन नेपालका सबै शहरहरुमा उपलब्ध हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Array