थ्री स्टार संग सङ्कटा ३-० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
0 Min Read
Aa

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबसंग सङ्कटा क्लब ३-०पराजित भएको छ  ।

आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारका लागि अजयी मार्टिन्सले दुई र सन्तोष शाहुखलले एक गोल गरे ।

यो जितसँगै थ्री स्टार ११ खेलमा २१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सङ्कटा उति नै खेलमा १५ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

Array