केही दिनभित्रै नेकपा पुनर्जीवित गर्ने प्रचण्डको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं–प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन् । केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्काली नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपा पुनर्जीवित गर्ने योजना रहेको उनले सार्वजनिक गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपालाई पुनर्जीवित गर्दा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएका छन् । उनले नेताहरूको सनकका भरमा त्यो एकता टिक्न नसकेको टिप्पणी गरेका छन् । अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने उनले बताए ।
नेकपालाई पुनःस्थापित गर्नका लागि बिनापूर्वाग्रह छलफल गर्नुपर्नेमा उनले जोड दिए । अहिले मुलुकमा अराजकता सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसलाई रोक्न कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array