सरकार बहालवाला कर्मचारीलाई तलब ख्वाउन २० अर्ब आन्तरिक ऋण उठाउदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– सरकारले बहालवाला कर्मचारीलाई तलब ख्वाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले पैसा नभएर अवकाशप्राप्त कर्मचारीको पनि पेन्सन रोकेको छ । सरकारले नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्नेभएको छ ।
सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ । २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्दैछ ।
अघिल्लो पटक २८ दिनेको ब्याज ८.३३ प्रतिशत, ९१ दिनेको ९.६३ प्रतिशत, १८२ दिनेको ९.६५ प्रतिशत र ३६४ दिने ९.५५ प्रतिशत ब्याजदर कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: