काठमाण्डौ- केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये गाउपालिकामा भन्दा नगरपालिकामा बस्ने जनसङ्ख्या बढी रहेका छन् ।
आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्याङ्क विभागले यो जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा बोल्दै कार्यलयका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेको जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६.२ प्रतिशत) रहेको बताउनुभयो । त्यस्तै गाउँपालिकामा बस्नेको सङ्ख्या ९८ लाख ६७ हजार ७ सय ९० (३३.८ प्रतिशत) रहेको बताए ।
२०६८ को जनगणनाअनुसार गाउँपालिकामा बस्नेको सङ्ख्या ८२.९ प्रतिशत थयो भने नगरपालिकामा बस्नेको सङ्ख्या १७.१ प्रतिशत थियो नेपालको लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ९५.५९ जना रहेको छ भने गाउँपालिकाको ९४ .६८ प्रतिशत रहेको र नगरपालिकाको ९६.०६ छ। कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको जनसङ्ख्या २ हजार ९सय २८ रहेका छन् भने यो सङ्ख्या नगरपालिकामा २ हजार १ सय १८ र गाउँपालिकामा ८ सय १० जना रहेको कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए ।
२०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्धिद्धर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ । नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमुली रहेको सङ्ख्या ३१.५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारमध्ये २१ लाख ९० हजार पाँच सय ९२ जना परिवारमा अनुपस्थित रहि विदेशमा बसोवास गर्नेगरेको पाइएको छ ।
नेपालमा १० वर्ष वा त्योभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् । देशको कुल जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेका२.२ प्रतिशत व्यक्ति छन्। जनगणनाअनुसार जन्मस्थान र अहिलेको बसोवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्ति ६९.० प्रतिशत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्