उपनिर्वाचनः चितवनमा रास्वपाले माफी माग्यो, पुनः मतदान सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

चितवन–
चितवन २ भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेको छ । मार्फिपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलले लगाएका छन् ।
सो क्रममा दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो ।
यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: