उपनिर्वाचनः गोविन्द भट्टराईसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले भट्टराईसँग आइतबार २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।
‘वैशाख ७ गते राति १२ बजेपछि मौन अवधि लागू भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी ९८८०२९८८०२ नम्बरबाट भ्वाइस म्यासेज मार्फत मत मागेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नुभएको हो होइन’ भनी स्पष्टीकरण सोधिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: