काठमाडौं– बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी रहँदा एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जानकारी आएको छ । उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको बताएको छ । उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो ।
बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस्