काठमाण्डौ-प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको छ । ६० सदस्यीय प्रदेशसभा सदस्यमा आज ५९ मत खसेको थियो । जसमध्ये अधिकारीको पक्षमा २४ मत खसो भने बिपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।
नेकपा एमालेका अधिकारी, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बनेका थिए ।नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो ।


प्रतिक्रिया दिनुहोस्