गुल्मीमा डढेलोमा परेर जलेका अर्का एक जनाको पनि मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

गुल्मी – गुल्मीमा डढेलोमा परेर जलेका अर्का एक जनाको पनि मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडानम्बर–३ स्थित हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको हो ।

गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

- Advertisement -
Ad imageAd image

यसअघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि मृत्यु भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्