एसिसी प्रिमियर कपः ओमानमाथि नेपालको सानदार जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– कीर्तिपुरमा भएको एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले सानदार विजयी हासिल गरेको छ । कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार जित निकाल्न सफल भएको हो । ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । ९ विकेटमात्र गुमाएको भए पनि ओमानले एकजना ब्याटर अघिल्लो इनिङ्समा चोटग्रस्त भएपछि ब्याटिङ गर्न सकेनन् ।
ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक विकेट लिए ।
यता टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात भने खराब रह्यो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो । तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा आउट हुँदा चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए ।
तेस्रो विकेटका लागि रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरे । रोहित २३ र भीम ३३, आरिफ शेख २९, करण केसी २९, सन्दीप लामिछाने १० र दीपेन्द्रसिंह ऐरी ७ रन जोडे । यता ओमानका लागि आयन खानले २ विकेट, बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक हाने । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। ९ चौका र १० छक्का प्रहार गरेका उनले ६४ बलमै १०८ रन बनाए । उनी ओमानविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: