सन्दीप लामिछानेको कीर्तिमान; छिटो १०० विकेट लिने खेलाडी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बन्न सफल भएका छन् ।
सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाउन सफल भएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका छन् । उनले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान आफ्नो पोल्टामा पार्न सफल भए । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array