नौ वाणिज्य बैंक र सिइओहरु राष्ट्र बैंकको कारबाहीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं–नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका नौ वाणिज्य बैंक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक, कुमारी बैंक राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमासमा ‘क’ वर्गका नौ वाणिज्य बैंक र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हरूलाई कारबाही गरेको छ।
केन्द्रीय बैंकले तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्सले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जामा राष्ट्र बैंकको निर्देशनविपरीत हुने गरी कर्जा प्रिमियम दरमा परिर्वतन गरेको भन्दै तत्कालीन सिइओलाई कारबाही गरेको हो।

तत्कालीन कुमारी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको भन्दै कुमारी बैंकका तत्कालीन सिइओ पनि कारबाहीमा परे ।
त्यस्तै आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्सका सिइओ अमृतचरण श्रेष्ठ ५ लाख जरिवानामा परेका छन्।
साथै, सम्पति शुद्धिकरणको व्यवस्थाअनुसार काम नगरेकोमा राष्ट्रिय वाणिज्य बैंक १० लाख रुपैयाँ जरिवानामा परेको छ भने तत्कालीन सेन्चुरी कमर्सियल बैंकले (प्राप्तिपछि हाल प्रभु बैंक) ले साउन र भदौमा कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) कायम गर्न नसक्दा २ करोड ८४ लाख रुपैयाँ जरिवानामा परेको छ।

त्यसैगरी नेपाल बैंकले साउनमा सिडी रेसियो कायम नगरेपछि १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ, नबिल बैंकले साउन, भदौ र असोजमा सिडी रेसियो कायम नगरेपछि ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ, ग्लोबल आइएमई बैंकले भदौ र असोजमा सिडी रेसियो कायम नगरेको भन्दै ४ करोड ४२ लाख ४६ हजार ८ सय ३१ रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै कृषि विकास बैंकले भदौमा सिडी रेसियो कायम नगरेपछि राष्ट्र बैंकले ६९ लाख ५८ हजार ८ सय ३१ रुपैयाँ तथा हिमालयन बैंकले भदौमा सिडी रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ जरिवाना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: