गुजरात भएको साम्प्रदायिक दंगामा सामेल भएको अभियोग लागेका ६८ जना निर्दोष ठहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

एजेन्सि– गुजरातमा भएको धार्मिक दंगामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय अदालतले बिहीबार सफाइ दिएको छ । उक्त दंगा सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राज्यका प्रधानमन्त्री हुँदा भएको थियो ।
११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परी ५९ जना हिन्दू तीर्थयात्रीको समेत मृत्यु भएको र यसैलाई लिएर भएको धार्मिक हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो ।
हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो। सन् २०१४ मा प्रधानमन्त्री बनेका उनलाई केही समयका लागि अमेरिकाको यात्रा प्रतिबन्धसमेत लगाइएको थियो। मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो।

एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार समाप्त भएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो। हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि अभियुक्त र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालत बाहिर धेरैले आँसु झार्दै रोएका थिए।

पूर्व मन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको दंगाको अर्को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उनलाई पनि सफाइ दिइएको थियो। भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो। मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन् ।
गत अगष्टमा १४ जना मुसलमानको हत्या गरेको अभियोगमा जेलमा रहेका ११ जनालाई रिहा गरिएको थियो। सामूहिक बलात्कारमा परेकी बिलकिस बानोनामकी एक महिलाले आफ्नो रिहाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: