राष्ट्रियस्तरका विकास बैंकमध्ये रेसुंगाको नाफा बढ्यो, ज्योतिको सबै भन्दा बढि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– राष्ट्रियस्तरका आठ विकास बैंकहरू मध्य एक बैंकको नाफा  बढेको छ भने बाकि ७ वटाको घटेको छ । उक्त बैंकहरुको नाफा औसत २६.८४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्ष २०७९÷०८० को तेस्रो त्रैमाससम्म आठ विकास बैंकहरूले दुई अर्ब ४८ करोड आठ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा यी विकास बैंकले दुई अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
आठ विकास बैंकहरूमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा भने वृद्धि भएको छ । बाँकी सात विकास बैंकको नाफा घटेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा १४.३९ प्रतिशतले वृद्धि भएको छ । यस बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५५ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ४८ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजीका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक र राष्ट्रियस्तरका बैंक हुन् । राष्ट्रिय स्तरको विकास बैंक हुनका लागि चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

तेस्रो चैमासम्म ज्योति विकास बैंकको सबैभन्दा बढी नाफा ६० प्रतिशत घटेको छ । यो बैंकले चैत मसान्तसम्म २० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो बैंकले ५१ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता वाणज्यि बैंक तर्फ भने आधा भन्दा बढिले नाफा बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array