कतारको नेपाली दूतावासबाट पुनः श्रम स्वीकृति सेवा पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलवार अर्थात् वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ ।

सरकारले विदेशमा रहेका नेपाली नियोगबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै १२ गतेदेखि सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने जनाएको छ ।

पुनः श्रम स्वीकृति लिनका लागि अनलाइनबाटै आवेदन दिन पर्छ । आवेदन दिँदा राहदानी,करार सम्झौता पत्र,पुरानो श्रम स्वीकृति, कतारी आइडी कार्ड,  कतार गएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array