आइएमई अटोमोटिभद्वारा १५ जना महिलालाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं– आइएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिम आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि उक्त तालिमको उद्घाटन गरेका थिए।
पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको उनले बताएका छन् । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने उनले बताए।
आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालको भनाइ रहेको छ । अध्यक्ष ढकालले महिलालाई सीप दिएर दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे। उनले तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमासमेत परिवर्तन आउने बताएका छन् ।

‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौं। तर समय बदलिएसँगै हेभी इक्युपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गरिसकेको बताए । सुरक्षित र प्रभावकारीरुपमा ब्याक होलोडर संचालन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिने बताइएको छ। तालिममा १५ जना महिलाहरु सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: