जाजरकोट र रुकुम जोड्ने बेलिब्रिज भाचिदा २ कामदारको ज्यान गयो, ८ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

जाजरकोट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो ।

ज्यान गुमाएका कामदारको परिचय  खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ,प्रशान्त राजकुमार ,मैकु गौतम,सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू संगै निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाच्चिएको हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरिडोरमा पर्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्